सर्वोच्चको संशोधित नियमावली २०७८ राजपत्रमा प्रकाशित, गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो « प्रशासन
Logo २१ आश्विन २०७९, शुक्रबार
   

सर्वोच्चको संशोधित नियमावली २०७८ राजपत्रमा प्रकाशित, गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो


६ मंसिर २०७८, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न बाटो खुलेको छ । आज (सोमबार)नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको हो । राजपत्रमा सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुलेको हो ।

प्रधानन्यायाधीशको पेशी तोक्ने अधिकार कटौती गर्दै सर्वोच्चको संशोधित नियमावली नेपाल राजपत्रमा प्रकाशित भएको हो । यद्यपि, यसलाई औपचारिकता दिन सर्वोच्च अदालतको फुलकोर्ट ले निर्णय गर्नुपर्ने छ ।

सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न लामो समयदेखि माग हुँदै आएको थियो । पछिल्लो समय सर्वोच्च अदालतमा बढेको विवादका बीच फुलकोर्टले गोलाप्रथाबाट पेसी तोक्न नियमावली संशोधन गरेको थियो । फुलकोर्टले नियमावली संशोधन गरेसँगै राजपत्रमा सूचना प्रकाशित भएको हो ।

हेर्नुहोस् राजपत्रमा प्रकाशित सर्वोच्चको दोस्रो संशोधन नियमावली २०७८ :

Tags :
प्रतिक्रिया दिनुहोस