बंगलादेशमा डेढ वर्षपछि पहिलो पटक शनिबार कोरोनाबाट मृत्यु भएन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बंगलादेशमा डेढ वर्षपछि पहिलो पटक शनिबार कोरोनाबाट मृत्यु भएन


५ मंसिर २०७८, आइतबार


ढाका । बंगलादेशमा गएको करिब डेढ वर्षपछि पहिलो पटक कोरोनाबाट कुनै पनि नागरिकको मृत्यु नभएको बताइएको छ ।

प्राप्त समाचारअनुसार यहाँ शनिबार कोरोना भाइरसको कारण कसैको मृत्यु भएन । यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सन् २०२० को अप्रिल ३ पछि पहिलो पटक शनिबार मात्र कोरोनाबाट मृत्यु नभएको हो ।

यहाँ सन् २०२० को मार्च १८ मा कोभिडका कारण पहिलो पटक तीन जनाको मृत्यु भएको थियो । त्यसयता यहाँ कोभिडबाट मृत्यु नभएको दिन थिएन ।

गत अप्रिल ३ मा पनि यहाँ यसबाट एक जनाको ज्यान गएको थियो । त्यसयता हरेक दिन नागरिकको मृत्यु भएको छ । तर पछिल्ला केही समयमा भने यहाँ कोरोनाको असर केही घटेको पाइएको छ ।

अधिकारीहरुले यहाँ ठुलो संख्याका नागरिकलाई खोप लगाइएको र बंगलादेशको सरकारले अपनाएको स्वास्थ्य मापदण्डका कारण यहाँ कोरोनाको प्रभाव घट्दै गएको हो ।

यहाँ पछिल्लो केही महिनामा यो भाइरसको संक्रमण हुने दर र मृत्यु दर पनि घटेको पाइएको छ । यहाँ शनिबार भन्दा अघिल्लो दिनसम्म पनि कोरोनाबाट मृत्यु त भएको छ र तर निकै थोरै संख्यामा र कुनै दिन एक जना मात्रको पनि कोभिडबाट निधन हुने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस