हुम्लाका पत्रकार नन्द ऐडीको उपचार क्रममा सुमेरु अस्पतालमा निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हुम्लाका पत्रकार नन्द ऐडीको उपचार क्रममा सुमेरु अस्पतालमा निधन


५ मंसिर २०७८, आइतबार


सिमकोट । हुम्लाका पत्रकार नन्द ऐडीको उपचारका क्रममा निधन भएको छ । काठमाडौँको सुमेरु अस्पतालमा कलेजो र मिर्गौलासम्बन्धी रोगले ग्रस्त भएपछि उपचारकै क्रममा पत्रकार ऐडीको निधन भएको हो ।

दुई हप्तादेखि काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराउँदै आएका पत्रकार ऐडीको शनिबार सुमेरु अस्पतालको आईसीयू कक्षमा उपचारकै क्रममा मृत्यु भएको उनको परिवारले जनाएको छ । पत्रकार ऐडी हेपाटाइटिस बी, कलेजो र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।

तीस वर्षको उमेरमा ऐडीको निधन भएको हो । पत्रकार ऐडी ताकेश्वर आवाजका प्रकाशक एवं प्रधान सम्पादक थिए । उनकी श्रीमती, दुई छोरी र एक छोरा छन् ।

आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा समस्या भइरहेको थियो । ऐडी हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका–८ फुचाका स्थायी बासिन्दा हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस