२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापान जन प्रगतिशील मञ्चको अध्यक्षमा बर्तौला चयन

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास भातृ सङ्गठन नेपाली जन प्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको आठौँ अधिवेशन सम्पन्न भएको छ ।

शनिबार टोकियोमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा गोकर्ण बर्तौला चयन भएका छन् । अधिवेशनले बर्तौलाको नेतृत्वमा २१ सदस्यीय नेतृत्व सर्वसम्मत चयन गरेको हो । नेपाली जन प्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको नयाँ नेतृत्वको उपाध्यक्षमा सुनिल देवकोटा, सागर कार्की, हरिचन्द्र बास्तोला, मिलन गैरे, गोपाल पाण्डे र रेसम केसी चयन भएका छन् ।

मञ्चको २१ सदस्यीय कार्यसमितिमा निरोज पाण्डे सचिव, जीवन पाण्डे र जनकलाल लामा सहसचिव चयन भएका छन् । यसै गरी कोषाध्यक्षमा कुमार कोइराला, सह कोषाध्यक्षमा विनोद ढकाललाई चयन गरेको छ । जन प्रगतिशील मञ्च जापान कान्तो क्षेत्रीय समितिको सदस्यमा गोकुल भट्ट, सन्तोष सापकोटा, अनुज केसी, प्रविन मगर, रवीन्द्र पाण्डे, तेजबहादुर थिङ, खगेन्द्रप्रसाद ढकाल, महाश्रम भण्डारी, अनीश रायमाझी, ताराबहादुर कार्की, विष्णुकुमार आङदाङ्वेलाई छनोट गरिएको छ ।

कार्यक्रममा प्रवास जन प्रगतिशील मञ्च जापान प्रवास समन्वय समिति सदस्य तथा पूर्वअक्ष्यक्ष अरुणकुमार श्रेष्ठले नवनिर्वाचित नेतृत्वलाई शुभकामनासहित सङ्गठनात्मक धारणा राखेका थिए । यसै गरी जन प्रगतिशील मञ्च जापानका केन्द्रीय अध्यक्ष हवलचन्द्र लामा, पूर्वी एसिया समिति सदस्य भवानी पन्त र रामहरि पुडासैनी, एनआरएनए आइसिसी सदस्य श्रवणकुमार सत्याल, सङ्गठन विभाग प्रमुख तथा सदस्यता वितरण उपसमितिका केन्द्रीय संयोजक बाबुराम पौडेल, प्रचारप्रसार उपसमिति संयोजक श्यामहरि पाण्डे, जन प्रगतिशील मञ्चका पूर्व केन्द्रीय सचिव जनक सुवेदी, कान्तो क्षेत्रीय समितिका इन्चार्ज दावा शेर्पालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गोकर्ण बर्तौलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पूर्वी एसिया इन्चार्ज डा भूपालमान श्रेष्ठ रहेका थिए । स्वागत मन्तव्य सागर कार्कीले राखेका थियो भने बेनुका खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस