२ केजी सुनसहित विमानस्थलबाट दुईजना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२ केजी सुनसहित विमानस्थलबाट दुईजना पक्राउ


३ मंसिर २०७८, शुक्रबार



काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ केजी सुनसहित २ जनालाई पक्राउ गरेको छ ।

नेपाल एयरलाइन्सको जहाजमार्फत दुबईबाट आएका सिरहाका सिताराम चौधरी र सरोज सहनी पक्राउ परेका हुन्। विमानस्थलको पार्किङ क्षेत्रबाट उनीहरु पक्राउ परका हुन् ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलका अनुसार पक्राउ परेका दुइजनाले एक–एक प्याकेट बनाएर कट्टुमा बाँधेर उक्त सामान भित्र्याएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस