मुख्यमन्त्री शाहीले विश्वासको मत लिन कर्णाली सभाको बैठक आह्वान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मुख्यमन्त्री शाहीले विश्वासको मत लिन कर्णाली सभाको बैठक आह्वान


३ मंसिर २०७८, शुक्रबार


सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मङ्सिर १४ गते प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।

मुख्यमन्त्री शाही १६ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेशसभा सचिवालयले १४ गते दिउँसो १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस