संविधानमा कर्तव्य र अधिकार स्थापित : सुवास नेम्वाङ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संविधानमा कर्तव्य र अधिकार स्थापित : सुवास नेम्वाङ


२ मंसिर २०७८, बिहिबार


विराटनगर । संविधानसभा अध्यक्ष एवं नेकपा एमाले स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङले जनताले नै जनताका लागि बनाइएको यो संविधानमा कर्तव्य र अधिकार स्थापित गरेको बताएका छन् ।

प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले संविधानको कार्यान्वयनमा वुद्धि र क्षमताको आवश्यकता औँल्याउँदै दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर किन फिर्ता गर्नुपरेको हो भन्ने प्रश्न गरे । उनले सर्वोच्च अदालतको आन्तरिक विषयमा दलहरुले गम्भीर भएर बोल्नुपर्ने सुझाव दिए ।

उनले सरकारले सर्वदलीय बैठक बोलाएर एमसिसीको विषयमा धारणा राख्नुपर्ने कुरामा जोड दिए । अध्यक्ष नेम्वाङले जनता अहिले पनि एमालेका साथमा रहेको चर्चा गर्दै राजनीति भनेको नै सेवा हो भने ।

Tags :
प्रतिक्रिया दिनुहोस