प्रधानन्यायाधीश जबराले भोलि ३ बजेसम्म राजीनामा नदिए थप आन्दोलन : अध्यक्ष श्रेष्ठ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानन्यायाधीश जबराले भोलि ३ बजेसम्म राजीनामा नदिए थप आन्दोलन : अध्यक्ष श्रेष्ठ


२ मंसिर २०७८, बिहिबार


काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भोलि (शुक्रबार) ३ बजेसम्म राजीनामा दिन अल्टिमेटम दिएको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै उनलाई अदालत प्रवेशमा अवरोध गर्न सर्वोच्च अदालतको गेटमा धर्ना दिइरहेको नेपाल बारले शुक्रबार ३ बजेसम्म राजीनामा नदिए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताएको छ ।

बारले आज (बिहीबार) गरेको आकस्मिक पत्रकार सम्मेलनमा अध्यक्ष चण्डेश्वर श्रेष्ठले भोलि (शुक्रबार) ३ बजेसम्म राजीनामा नदिए थप आन्दोलन घोषणा गर्ने बताएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस