२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा पहिलोपटक उच्च अदालतले गर्‍यो समलिङ्गी न्यायाधीश सिफारिस

अ+ अ-

मुम्बई । भारतको दिल्ली उच्च अदालतले पहिलो पटक समलिङ्गी न्यायाधीश सिफारिस गरेको छ।

सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता सौरभ कृपाललाई समलिङ्गी न्यायाधीश बनाउन सिफारिस गरिएको हो। यदि वकिल सौरभले सो पद सम्हालेमा उनी भारतका पहिलो समलिङ्गी न्यायाधीश बन्ने बीबीसीमा खबर छ।

भारतमा न्यायाधीश नियुक्ति प्रक्रियामा कलेजियमहरुले सिफारिस गर्छन् भने त्यसपछि मात्र संघीय सरकारमार्फत औपचारिक रुपमा नियुक्ति स्वीकार्ने गरिन्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले आगामी हप्तामा समलिङ्गी न्यायाधीशको रुपमा वरिष्ठ अधिवक्ता कृपाललाई स्वीकार्ने संकेत देखाएको बीबीसीले उल्लेख गरेको छ।

यसअघि समलिङ्गी न्यायाधीशको लागि कृपालको नाम पटकपटक केन्द्र सरकारमा पठाइएपनि सरकारले उनको पहिलो सिफारिसमा रोक लगाएको बताइएको छ। तर लामो समयपछि यसपटक भने सरकारले उनलाई समलिङ्गी न्यायाधीशको रुपमा नियुक्त गर्न सक्ने बताइएको छ।

लैङ्गिक अल्पसंख्यकको यौन कृयाकलापलाई अपराध मानिदै आएको भारतको मान्यतालाई सन् २०१८ मा त्यहाँको सर्वोच्च अदालतले खारेज गरेको थियो। अधिवक्ता कृपालको नेतृत्वमा अघि बढेको सो कदमलाई लैङ्गिक अल्पसंख्यकले ठूलो जीत मानेका थिए।

केहि समय संयुक्त राष्ट्रसंघसँग समेत काम गरेका कृपालले भारतको सर्वोच्च अदालतमा करिब २० वर्षसम्म कानुनको अभ्यास गरेका छन्। कृपालका बुवा बीएन कृपाल सेवानिवृत्त भारतका मुख्य न्यायाधीश हुन्।

प्रतिक्रिया दिनुहोस