२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजबाट विद्युत महशुलको नयाँ दर लागू

अ+ अ-

काठमाडौँ । आजदेखि विद्युतमा नयाँ महसुल दर लागू भएको छ । २० युनिटसम्म इनर्जी शुल्क नलाग्ने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरे अनुसार विद्युत नियमन आयोगले निर्धारण गरेको नयाँ महशुल दर लागू भएको हो ।

नयाँ महशुल दर पुस महिनाको बिलिङबाट कार्यान्वयन हुने प्राधिकरणले बताएको छ । नयाँ विद्युत महशुल दर अनुसार विपन्न मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क लाग्दैन । यी ग्राहकलाई न्युनतम मासिक शुल्क ३० रुपैयाँ शुल्क तोकिएको छ ।

२० युनिट विद्युत खपत ग्राहक नेपालमा करिब २२ लाख रहेका छन् । २२ लाख ग्राहकले अब प्रतिमहिना ३० रुपैयाँ शुल्क तिरे हुने भएको छ ।
सिंगल फेजबाट विद्युत लिएर १ सय ५१ देखि २ सय ५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क ५० पैसा घटाई प्रति युनिट ९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

४ सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा प्रतियुनिट १ रुपैयाँ घटाएर ११ रुपैयाँ कायम गरिएको छ ।

थ्री फेज मिटर प्रयोग गर्ने उपभोक्ताका लागि न्यूनतम शुल्क यथावत् राखेर इनर्जी शुल्क वर्षायाम र हिउँदमा फरक–फरक तोकिएको छ । मासिक ४ सय युनिटसम्म विद्युत् प्रयोग गर्ने थ्री फेज ग्राहकलाई हाल प्रति युनिट ११ रुपैयाँ ५० पैसा इनर्जी शुल्क लाग्दै आएकोमा अब वर्षाका समयमा १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० शुल्क लाग्ने छ ।

४ सय युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकका लागि प्रति युनिट १२ रुपैयाँ इनर्जी शुल्कबाट घटाएर १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा शुल्क तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस