२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रियसभा र उपनिर्वाचन मिलेर लड्ने सत्ता गठबन्धनको निर्णय

अ+ अ-

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले आसन्न राष्ट्रियसभा र प्रदेश तथा संघको उपनिर्वाचनमा मिलेर चुनाव लड्ने निर्णय गरेको छ । आज (मंगलबार) बसेको गठबन्धन बैठकले सहकार्यलाई थप मजबुत बनाउने निर्णय गरेको हो ।

गठबन्धन दलले आज साँझ एक विज्ञप्ति जारी गर्दै पाँच दलीय गठबन्धन निर्माणसँगै मुलुकको राजनीति लिकमा फर्किएको दाबीसमेत गरिएको छ । त्यस्तै, भताभुङ्ग पारिएको राज्य संयन्त्र र भत्क्याइएको राज्य पद्धतिलाई लिकमा ल्याउने महत्वपूर्ण प्रयास भएको बताइएको छ । गठबन्धनका कारण लोकतन्त्र र संविधान सुरक्षित भएको उनीहरुको जिकिर छ ।

राष्ट्रियता, लोकतन्त्रको सम्वद्र्धन, संविधानको रक्षा र सुशासनको प्रवद्र्धनलाई मूलमन्त्र बनाएर गठबन्धन क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, कोभिड–१९ को संक्रमण रोकथामलाई पहिलो प्राथमिकतामा राखेर खोप अभियानलाई युद्धस्तरमा अघि बढाइएको र कोरोनाले थलिएको अर्थतन्त्रले गति लिन थालेको दाबी गठबन्धनले गरेको छ ।

गठबन्धनले बाढी पहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट प्रभावित जनतालाई राहत तथा उनीहरुको पुनस्र्थापनाका लागि प्रभावकारी रुपमा काम अघि बढाइएको पनि उल्लेख गरेको छ । जारी विज्ञप्तिमा प्रधानमन्त्री त्तहा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

यसअघि आजै बसेको ५ दलीय गठबन्धन समन्वय समितिको बैठकले सर्वोच्च अदालतमा देखिएको विवादमा यथाशीघ्र निकास हुनुपर्ने निर्णय गरेको थियो । संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुनेमा आशा समेत गरेको छ ।