वेस्ट बैङ्कमा इजरायली सेनाद्वारा प्यालेस्टाइनीको हत्या « प्रशासन
Logo १६ जेष्ठ २०८१, बुधबार
   

वेस्ट बैङ्कमा इजरायली सेनाद्वारा प्यालेस्टाइनीको हत्या


३० कार्तिक २०७८, मंगलबार


जेरुसेलम । वेस्ट बैङ्कमा इजरायली सेनासँगको मङ्गलबार भएको भिडन्तमा एक प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस झडपमा २६ वर्षीय सद्दाम बानी ओदेममा मृत्यु भएको हो । उत्तरी सहर टुबासको सडकमा भएको झडपपछि फोक्सोमा गोली लागेको बानीलाई अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस