कोरोनाका कारण अमेरिकाका एक लाख ४० हजार बालबालिका अभिभावक विहीन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोनाका कारण अमेरिकाका एक लाख ४० हजार बालबालिका अभिभावक विहीन


३० कार्तिक २०७८, मंगलबार


न्युयोर्क । कोरोनाभाइरसको महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावक विहीन भएका छन् ।

‘विजनेश इन्साइडर’ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिकाको जीवनमा दीर्घकालीन असर परेको उल्लेख छ ।

सो प्रतिवेदन अनुसार देशका हरेक ५०० मध्ये एक जना अभिभावक विहीन हुनु परेको देखिएको छ । अभिभावक विहीन भएपछि बालबालिकाहरुले मनोवैज्ञानिक तथा आर्थिक समस्या भोग्नु परेको अधिकारीहरुले जनाएका छन् ।

अभिभावक गुमाएका बालबालिकाहरु मध्ये धेरै बालबालिकाहरु अल्पसङ्ख्यक तथा सानो समुदायका धेरै रहेको पाइएको छ । कोरोनाभाइरसको महामारीबाट अत्यधिक धेरै प्रभावित देशको अग्रसूचीमा अमेरिका पर्दछ ।

कोरोनाका कारण मृत्यु भएका, सङ्क्रमित भएका र अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अमेरिकामै सबैभन्दा धेरै रहेको छ ।

कोरोनाभाइरसका कारण अमेरिकामा अहिलेसम्म सात लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस