चर्चित भारतीय लेखिका मन्नु भण्डारीको निधन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चर्चित भारतीय लेखिका मन्नु भण्डारीको निधन


३० कार्तिक २०७८, मंगलबार


नयाँ दिल्ली । भारतकी चर्चित लेखिका मन्नु भण्डारीको हिजो (सोमबार) निधन भएको छ ।

लामो समयदेखि अस्वस्थ रहेकी भण्डारीको हरियाणास्थित नारायण अस्पताल, गुरुग्राममा उपचारका क्रममा निधन भएको हो ।

उनकी छोरी रचना यादवले उनको निधनको पुष्टि गर्दै आफूले जीवनको अमूल्य चिज गुमाएको उल्लेख गरेकी छन् ।

स्वर्गीय भण्डारीका आप्का बन्टी, महाभोज, यही सच है लगायतका थुप्रै कृतिहरू अत्यन्त चर्चित छन् ।

उनको जन्म सन् १९३१ को अप्रिल ३ मा भएको थियो । ९० वर्षको उमेरमा उनको निधन भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस