असन्तुष्ट समूहको छलफलमा नजाने सर्वोच्चका पाँच न्यायाधीशको निर्णय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

असन्तुष्ट समूहको छलफलमा नजाने सर्वोच्चका पाँच न्यायाधीशको निर्णय


२९ कार्तिक २०७८, सोमबार


high court

काठमाडौँ । सर्वोच्च अदालतका पाँच न्यायाधीशले असन्तुष्ट न्यायाधीशहरूको छलफलमा सहभागी नहुने निर्णय गरेका छन् । 

पेशी तोक्न तत्काल गोला प्रथा प्रणाली लागू गरौँ र मुद्दाको सुनुवाइ थालौँ भन्दा नमानेपछि तेजबहादुर केसी, कुमार रेग्मी, कुमार चुँडाल, मनोजकुमार शर्मा र बमकुमार श्रेष्ठले अलग हुने निर्णय गरेको एक न्यायाधीशले बताए । 

बन्दी प्रत्यक्षीकरण निवेदन सुनुवाइ गर्न कुनै समस्या नभएकोले दुवै पक्षका कानुन व्यवसायीहरू सहभागी रहेका अरू मुद्दाबारे विचार गर्न सकिने ती न्यायाधीशको भनाई छ । यदि कानुन व्यवसायीहरूले आन्दोलन जारी राखे र बहस पैरवीमा आएनन् भने बन्दी प्रत्यक्षीकरण निवेदन मात्रै सुनुवाइमा सामेल हुनेछन् । 

Tags :
प्रतिक्रिया दिनुहोस