कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई कामकाजमा रोक नलगाउन अन्तरिम आदेश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई कामकाजमा रोक नलगाउन अन्तरिम आदेश


२९ कार्तिक २०७८, सोमबार


काठमाडौँ । उच्च अदालत पाटनले कर्णाली स्वास्थ्य विज्ञन प्रतिष्ठानका उपकुलपति डा.मंगल रावललाई कामकाजमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ । अदालतले आज (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा उपकुलपति डा। रावललाई कामकाजमा रोक नलगाउन आदेश जारी गरेको हो ।

मन्त्री खतिवडा र स्वास्थ्य मन्त्रालयको निर्णयविरुद्ध उपकुलपति डा। रावलले दिएको रिटमा सुनुवाइ गर्दै पाटन उच्च अदालतका न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले मन्त्रीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्री स्तरीय निर्णयबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रावललाई कामकाज गर्न रोक लगाएका थिए । उनले उपकुलपतिको कामकाज गर्ने गरी डा. निमेश थापालाई जिम्मेवारी दिएका थिए ।

उच्च अदालतले यस विषयमा विपक्षीसँग लिखित जवाफ पनि माग गरेको छ ।

डा. रावल २०७७ चैत्र २२ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस