२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी व्यवस्थापन हुन्छ: मन्त्री बराल

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले छिट्टै कर्मचारी व्यवस्थापन हुने जानकारी दिएका छन् ।

अर्थ मन्त्रालयद्वारा आइतबार मुस्ताङमा आयोजित बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तरक्रिया एवं छलफल कार्यक्रममा उनले प्रादेशिक कार्यालयमा कर्मचारी अभावले गर्दा धेरै योजना प्रभावित हुन लागेको हुँदा छिट्टै कर्मचारी व्यवस्थापन गर्ने बताए ।

उनले भने, ‘सङ्घीय सरकारले प्रदेशमा आवश्यक पर्ने कर्मचारी व्यवस्थापन गर्न नसक्दा र प्रदेशले लोकसेवा आयोग ढिलो ल्याउँदा कर्मचारी व्यवस्थापन गर्न कठिन भएको हो ।’

प्राप्त बजेट बढीभन्दा बढी कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिँदै मन्त्री बरालले अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब पाँच अर्ब कम बजेट विनियोजन भएकाले प्राप्त बजेटलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए । जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख राजेन्द्र शेरचनले कर्मचारी अभावले गर्दा विकास निर्माण एवं जनताका धेरै काम प्रभावित भएको बताए ।

अर्थ मन्त्रालयका सचिव वैकुण्ठप्रसाद अर्यालले बजेट कार्यान्वयनको अवस्था बुझी कठिनाइ भएका अवस्थामा सहजीकरण गर्ने उद्देश्यले जिल्लामा छलफल गरिएको जानकारी दिउ । कोष लेखा तथा नियन्त्रण कार्यालय मुस्ताङका डालेश्वर अर्यालले प्राकृतिक स्रोत साधनबाट राजस्व सङ्कलन हुन नसकेको गुनासो गरे ।

स्वास्थ्य कार्यालय मुस्ताङका टीकाराम भण्डारीले मुस्ताङमा हाल दुई होम आइसोलेसनका कोरोना सङ्क्रमित छन् भने जिल्लामा कोरोनाबाट हालसम्म १५ जनाको मुत्यु भएको जानकारी दिए ।

पूर्वाधार विकास कार्यालयका प्रमुख विवेक सिग्देलले जिल्लामा छवटा बहु वर्षीय योजना भएको जनाउँदै यसै वर्ष उक्त योजनासहित अन्य दायित्व कार्यालयलाई करिब १४ करोड आवश्यक पर्ने भएको दाबी गरे ।

सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख रामचन्द्र ढुङ्गानाले हालसम्म आफू मात्र एक कर्मचारी भएकाले काम गर्न कठिन भएको गुनासो गरे । हालै गठन भएको कार्यालयमा एक मात्र कर्मचारी हुँदा आफूले चाहेर पनि काम गर्न कठिन भएको उनको भनाइ छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अर्थ मन्त्रालयका शाखा अधिकृत द्वय केशव सुवेदी, डिल्ली सुवेदीलगायतका प्रदेशका विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिले विकास निर्माणका बारेमा चर्चा गरेका थिए ।

यसैबिच, आइतबारै मुस्ताङमा आएको हिउँ पहिरोमा परी घाइते भएकालाई मन्त्री बरालले जिल्ला अस्पताल मुस्ताङमा पुगेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी दिए । हिउँ पहिरो गएको क्षेत्र घट्टे खोला क्षेत्रमा पुगेर समेत उनले स्थानीयलाई सचेत रहन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस