गोरखा । सिरानचोक गाउँपालिका–५ भालुमारामा आज (आइतवार) नेपाली सेनाको ट्रक दुर्घटना भएको छ ।
भच्चेकबाट गोरखा सदरमुकाम आउँदै गरेको लु १ ग १३९ नम्बरको मिनी ट्रक सडकबाट ३० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
‘सामुदायिक तालिमका लागी भच्चेकमा सामान पुर्याएर फर्कँदै रहेछ,’ जिल्ला ट्राफिक इन्चार्ज प्रेम प्रकाश पोखरेलले भने, ‘भालुमारामा आएपछि एक्कासि ब्रेक फेल भएर सडकबाट तल खसेछ ।’ मानवीय क्षति भने नभएको उनले बताए ।