कानुन व्यवसायीको धर्ना छल्दै अर्को गेटबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश जबरा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कानुन व्यवसायीको धर्ना छल्दै अर्को गेटबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश जबरा


२८ कार्तिक २०७८, आइतबार


काठमाडौँ । सर्वोच्च अदालतको मूल गेटमा आन्दोलनरत कानुन व्यवसायीलाई छल्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आज (आइतबार) पनि सर्वोच्च अदालत छिरेका छन्।

सर्वोच्च अदालत र बार परिसरमा कानून व्यवसायीहरूले आन्दोलन जारी राख्दा उच्च सुरक्षाबिच प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गरेका हुन् ।

जबराको राजीनामा माग गर्दै आन्दोलित बनेको बारले उनलाई सर्वोच्च प्रवेशमा रोक लगाउने घोषणा गरेको थियो ।

राजीनामा दिन इन्कार गर्दै आएका जबराले आज आफूबाहेकका न्यायाधीशहरूको १० वटा इजलास तोकेका छन् । ती १० इजलासमा २ सय ७२ मुद्दाको पेसी तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस