२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

अ+ अ-

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्ने बताएका छन् । उनले जनताको आशा र भरोसाको पार्टी कांग्रेस मात्र भएकाले जनताको विश्वासको कदर गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकद्वारा जिल्ला कार्यसमिति सदस्य तथा इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष स्व मिरा अधिकारी लामाको २२औँ पुण्य तिथिमा आयोजित श्रद्वाञ्जलीसभामा नेता पौडेलले जनताको भरोसाको पार्टी बनाउन आशन्न महाधिवेशनले ठूलो भूमिका खेल्ने बताए । उनले आगामी १४औँ महाधिवेशनले सही नेतृत्व चुन्नेमा आफू ढुक्क रहेको बताए । देशलाई रूपान्तरण गर्नुपर्ने आवयश्कता रहेको बताए । स्व लामा एक विकास प्रेमी, सुशासन प्रेमी र लोकतन्त्रको हिमायती महिला भएको पौडेलले बताए ।

सो अवसरमा पार्टी जिल्ला सभापति एवम लामाकी श्रीमान् विकास लामा, कांग्रेस क्षेत्रीय सभापति आइतमान तामाङ, इन्द्रावती गाउपालिकाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङलगायतले स्वर्गीय लामाले महिला सशक्तीकरणको क्षेत्रमा उल्लेख्य योगदान दिएको बताए । उनको नाममा स्मृती भवन स्थापना गर्ने सो अवसरमा घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस