सरकार, संसद् र न्यायपालिकाले काम गर्न सकेन : नेम्वाङ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकार, संसद् र न्यायपालिकाले काम गर्न सकेन : नेम्वाङ


२७ कार्तिक २०७८, शनिबार



झापा । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार, संसद् र न्यायपालिकाले काम गर्न नसकेको आरोप लगाएका छन् । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज विर्तामोडमा २५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले असफलताको सबै दोष वर्तमान गठबन्धन सरकारले लिनुपर्ने बताएका छन् ।

सरकारले अन्य अङ्गलाई काम गर्ने वातावरण उपलब्ध नगराएको नेम्वाङले बताए । सबै कुराको दोष संविधानलाई दिन नहुने उनको धारणा थियो । उनले राजनीतिलाई संवैधानिक मार्गमा हिँडाउने काम राजनीतिक दलको भएको स्पष्ट पारे ।

सो अवसरमा नेता नेम्वाङले संविधानसभा सदस्य केशव बडाललाई राष्ट्रिय व्यक्तित्व सम्मान पुरस्कार प्रदान गरे । सहकारी अभियानमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई सो सहकारीले रु एक लाख एक हजार राशिको पुरस्कार प्रदान गर्दैआएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस