अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच वार्ता हुँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच वार्ता हुँदै


२७ कार्तिक २०७८, शनिबार



बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट वार्ता हुने भएको छ । उनीहरुबीच बेइजिङको स्थानीय समयानुसार आगामी नोभेम्बर १६ को बिहान सो वार्ता हुने भएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार दुई देशका राष्ट्रपतिबीच नोभेम्बर बिहान भिडियो वार्ता हुनेछ ।

उनीहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चासोका विषयमा पनि कुराकानी गरेको भएको प्रवक्ता हुवा चुनियाङले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस