शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव अर्यालको निधन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव अर्यालको निधन


२७ कार्तिक २०७८, शनिबार



काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्क घातका कारण आज निधन भएको छ ।

उनलाई मस्तिष्क घात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए ।

मन्त्रालयका निमित्त सचिव डा हरि लम्सालले अचानक एक कर्मठ सहकर्मी गुमाउनुपर्दा दुःख लागेको जनाउँदै अर्यालप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारमा समवेदना व्यक्त गरे । अर्यालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस