न्यायालयको विवाद बारे उच्चस्तरीय समितिमा छलफल गर्न पौडेललाई सुझाव « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

न्यायालयको विवाद बारे उच्चस्तरीय समितिमा छलफल गर्न पौडेललाई सुझाव


२६ कार्तिक २०७८, शुक्रबार



काठमाडौँ । नेपाली कांग्रेसका नेताहरुले न्यायालयमा देखिएको विवादका बारेमा सत्तारुढ दलका शीर्ष नेता समिलित उच्चस्तरीय राजनीतिक समितिमा छलफल गर्न सुझाएका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुले न्यायालयमा देखिएको संकट समाधानका लागि दलहरु र सरकार मौन रहन नहुनेमा जोड दिएका हुन् ।

शुक्रबार पौडेल समूहको केन्द्रीय सदस्यहरुको बैठकमा उनीहरुले न्यायालयको विषयमा समितिमा छलफल गर्न आग्रह गरेको केन्द्रीय सदस्य अर्जुननर सिंह केसीले जानकारी दिए । पौडेल समितिको संयोजक हुन् ।

वरिष्ठ नेता पौडेलले आइतबार बस्ने केन्द्रीय समिति बैठकमा साझा धारणा तय गर्न आफूपक्षीय केन्द्रीय सदस्यको बैठक बोलाएका थिए। बैठकमा नेता पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा.रामशरण महत, दिलेन्द्र प्रसाद बडु, कमला पन्त, डा. चन्द्र भण्डारी, डा. शेखर कोइराला, गगनकुमार थापा, धनराज गुरुङ र सरिता प्रसाईं सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस