पत्रकारलाई तुरुन्त काममा फर्काऊ : काउन्सिल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पत्रकारलाई तुरुन्त काममा फर्काऊ : काउन्सिल


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । प्रेस काउन्सिल नेपालले समाचारदाता (स्ट्रिञ्जर) लाई तुरुन्त काममा फर्काउन आग्रह गरेको छ ।

प्रेस काउन्सिलले आज (शुक्रबार) प्रेस विज्ञप्तिमार्फत गोरखापत्र दैनिकमा कार्यरत २८ जना समाचारदातालाई कामबाट हटाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरूलाई तत्काल काममा फर्काउन आग्रह गरेको छ ।

काउन्सिलअन्तर्गतको श्रमजीवी हित तथा कानुन उपसमितिको हालै बसेको बैठकले यस्तो आग्रह गर्ने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त विषयमा काउन्सिलमा उजुरीसमेत परेकाले अध्ययन भइरहेको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै बैठकले केही सञ्चार गृहहरूले कोरोना महामारीलाई देखाएर श्रमजीवी पत्रकारहरूलाई पारिश्रमिक उपलब्ध नगराइएको र सेवाबाटै निष्कासन गरेकोप्रति पनि ध्यानाकर्षण भएकाले यस्तो कार्य नगर्न नगराउन सम्बद्ध सबै पक्षसँग आग्रह गरेको उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस