कंगोमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ४० जना बेपत्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कंगोमा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ४० जना बेपत्ता


२६ कार्तिक २०७८, शुक्रबार


किन्शासा । डुङ्गा दुर्घटना हुँदा लोकतान्त्रिक गणतन्त्र कंगोमा कम्तीमा ४० जना बेपत्ता भएका छन् ।

देशको किभु प्रान्तमा बिहीबार बिहान डुङ्गा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनास्थलबाट ५७ जनालाई जीवितै उद्धार गरिएको छ भने आठ जनाको शव निकालिएको छ ।

दुर्घटनामा परेको डुङ्गामा १२० जना यात्रु रहेका थिए । हराएकाहरुको खोजी कार्य भइरहेको पनि अधिकारीहरुले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस