रु ४०० ले बढ्यो सुनको मूल्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रु ४०० ले बढ्यो सुनको मूल्य


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु ४०० ले उकालो लागेर रु ९४ हजार ४०० कायम भएको छ ।

पहेँलो धातु बिहीबार प्रतितोला रु ९४ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ९०० रहने छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु १५ ले उकालो लागेर एक हजार २८५ तोकिएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २७० मा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५९ डलर आसपासमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस