काँग्रेस पौडेल पक्षको केन्द्रीय समिति बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस पौडेल पक्षको केन्द्रीय समिति बैठक बस्दै


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक बस्ने भएको छ ।

केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि नेता पौडेलले आफू पक्षीय केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाएका हुन् ।

बैठक आज (शुक्रबार) दिउँसो बस्ने पौडेल निकट केन्द्रीय सदस्य गुरु घिमिरेले बताए ।

पौडेल समूहले केन्द्रीय समिति बैठकमा आफ्नो समूहबाट साझा धारणा बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुको बैठक बोलाएको जनाएको छ ।

हिजो (बिहीबार) मात्रै काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूनिकट पदाधिकारीसँग छलफल गरेका थिए ।

सम्बन्धित समाचार : देउवाले आफू निकट काँग्रेसका पदाधिकारीलाई छलफलमा बोलाए

Tags :
प्रतिक्रिया दिनुहोस