तथ्याङ्क विभागको टोलीद्वारा अध्यक्ष ओलीको निवासमा जनगणना « प्रशासन
Logo ५ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

तथ्याङ्क विभागको टोलीद्वारा अध्यक्ष ओलीको निवासमा जनगणना


२५ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभागको टोलीले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास, भक्तपुरमा आज जनगणना गरेको छ ।

अध्यक्ष ओलीको उपस्थितिमा श्रीमती राधिका शाक्यको घरमूलीका हैसियतमा सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित निवासमा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ, अन्य अधिकारी, भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहित गणकको उपस्थितिमा गणना गरिएको हो ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेले महिला घरमूली भएर गणना गराइनु फरक आयाम थपिएको र आजको राष्ट्रिय जनगणनाको शुभारम्भका मुख्य कार्यक्रम सबै सफल भएको जनाउनुभयो । आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट १२औँ राष्ट्रिय जनगणनाको शुभारम्भ भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस