नक्कली धनीपूर्जा प्रकरणमा कुमारी बैङ्कमाथि राष्ट्र बैङ्कद्वारा पनि छानबिन सुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नक्कली धनीपूर्जा प्रकरणमा कुमारी बैङ्कमाथि राष्ट्र बैङ्कद्वारा पनि छानबिन सुरु


२५ कार्तिक २०७८, बिहिबार


बैंक

काठमाडौँ । गायक योगेश्वर अमात्यको बाराको जग्गाको नक्कली धनी पुर्जा बनाएर कर्जा प्रवाह गरिएको प्रकरणमा नेपाल राष्ट्र बैङ्कले छानबिन थालेको छ ।

राष्ट्र बैङ्कले कुमारी बैङ्कमा ‘अनसाइट इन्स्पेक्सन’ टिम बनाएर ऋण प्रवाहमा जोडिएको कुमारी बैङ्कको न्यूरोड, बारा शाखा र नक्सालस्थित मुख्य कार्यालयबाट कागजात जफत गरेर छानबिन गर्ने जनाएको छ ।

किर्ते गरेर १९ करोड रुपैयाँ ऋण प्रवाह गरिएको विषयमा ‘सरकारी लिखत किर्ते’ तर्फ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ भने संलग्न ५ जना पक्राउ परिसकेका छन् ।

बैङ्कले जाहेरी निवेदन नदिएका कारण अहिले किर्तेमा मात्र अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

आफ्नो जग्गाको नक्कली धनी पुर्जा बनाएर ऋण प्रवाह गरिएको थाहा पाएपछि गायक अमात्यले दसैँअघि सीआईबीमा जाहेरी दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस