धितोपत्र बोर्डको अध्यक्षका लागि ४ जनाले दिए आवेदन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

धितोपत्र बोर्डको अध्यक्षका लागि ४ जनाले दिए आवेदन


२५ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि ४ जनाले आवेदन दिएका छन् ।

नयाँ अध्यक्ष नियुक्ति लागि आज (बिहीबार) अन्तिम मिति हो । बिहीबार २ बजेसम्म ४ जनाको निवेदन परेको अर्थ मन्त्रालय श्रोतले बताएको छ । हिजो (बुधबार) सम्म तीन जनाले निवेदन दिएका थिए ।

अर्थ मन्त्रालय श्रोतका अनुसार पहिलो नम्बरमा चितवनका अनिल पौडेल, दोस्रो नम्बरमा धितोपत्र बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, तेस्रो नम्बरमा बोर्डकै उपकार्यकारी निर्देशक नवराज अधिकारी र चौथो नम्बरमा बिमा समितिका पूर्व अध्यक्ष तथा नेपाल राष्ट्र बैङ्कका पूर्वनिर्देशक चिरञ्जीवी चापागाईँले निवेदन दर्ता गराएका छन् ।

सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगानालाई पदबाट बर्खास्त गरेर सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो ।

आजसम्म प्राप्त निवेदकहरुलाई आइतबार अन्तरवार्ताका लागि बोलाउने छनोट समितिको तयारी छ । छनोट समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले बोर्डको नयाँ अध्यक्ष नियुक्ति गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस