वकिलहरुको प्रदर्शन रोक्न सर्वोच्च परिसरमा सशस्त्रको टोली पनि खटाइयो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वकिलहरुको प्रदर्शन रोक्न सर्वोच्च परिसरमा सशस्त्रको टोली पनि खटाइयो


२५ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । कानुन व्यवसायीहरुको प्रदर्शन रोक्न सशस्त्र प्रहरीको टोली पनि सर्वोच्च अदालत क्षेत्रमा खटाइएको छ ।

सशस्त्र प्रहरीको टोली नेपाल प्रहरीको ब्याक सपोर्टमा देखिएको छ ।

सर्वोच्च अदालत परिसरमा नेपाल प्रहरीका डिएसपीको कमाण्डमा एक टोली पहिलेदेखि नै खटिएको हो । अहिले सशस्त्रका इन्सपेक्टरसहितको अर्को टोली पनि सर्वोच्च अदालतभित्रै तैनाथ छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले सर्वोच्चको परिसरमा प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेपछि सर्वोच्चको परिसरमा तनाव भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस