२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानुङकोटमा व्यवस्थित पहिलो होटल भ्यूटावर निर्माण

अ+ अ-

तनहुँ । सामाजिक सञ्जालमा भाइरल बनेको तनहुँको व्यासनगरपालिका–५ स्थित मानुङकोट डाँडामा पहिलो व्यवस्थित र सुविधासम्पन्न होटल भ्यूटावर निर्माण गरिएको छ ।

दमौलीका बासिन्दा चुडामणि दाहाल, कुमार कञ्चन जिसी, प्रेम राउत र यज्ञ खनालको संयुक्त लगानीमा उक्त होटल निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

एक रोपनी जमिन खरिद गरी करिब रु ८५ लाखको लागतमा होटल निर्माण गरिएको होटल सञ्चालक दाहालले जानकारी दिए ।

पारिवारिक वातावरणमा बस्न चाहनेका लागि चार वटा एट्याच शौचालयसहितको कोठा तथा स्नानगृह बनाइएको र समूहमा आउने कम्तीमा पचास जनासम्मलाई राख्न सक्ने क्षमता रहेको उनले बताए । उक्त होटलमा तालिम तथा गोष्ठीमा व्यवस्थित तरिकाले राख्न र सेवा प्रवाह गर्न सकिने भएको छ ।

जेनतेन बसौँ भने अहिले पनि आएर बस्न मिल्ने अवस्था भए पनि पुरै निर्माण सम्पन्न भई नसकेको र कम्तीमा हप्ता÷दश दिनभित्रमा पूरा गर्ने योजना रहेको सञ्चालक दाहालले बताए । खानेपानीको चरम समस्या रहेको मानुङकोटमा पानीकै कारण त्यस क्षेत्रका बासिन्दा दमौली बजार आसपास क्षेत्रमा बसाइसराइ गरेका थिए ।

होटल सञ्चालनसँगै ट्याङ्करबाट पानी ल्याएर व्यवस्थित गरी ग्राहकलाई सेवा प्रवाह गरिने भएको छ । स्थानीय मगर समुदायका मौलिक खाना कोदोको ढिँडो, लोकल कुखुराको मासु, गुन्द्रुक र स्थानीयस्तरमा उत्पादित प्राङ्गारिक तरकारीलाई प्राथमिकता दिइने अर्का सञ्चालक कुमार कञ्चन जिसीले जानकारी दिए ।

केही काम निर्माणाधीन अवस्थामा रहेकाले निर्माण भएपश्चात् मगर समुदायका कला संस्कृति प्रस्तुत गरेर आगन्तुक पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने लक्ष्य रहेको अर्का सञ्चालक प्रेम राउतले बताए ।

उक्त होटलमा बसेर पर्यटकले दमौली बजारलगायत मनोरम दृश्य अवलोकन गर्न सक्नेछन् । तनहुँको सदरमुकाम दमौलीबाट करिब आठ किलोमिटर दूरीमा मानुङकोट अवस्थित छ ।

चापाघाटबाट मानुङकोटसम्मको सडक स्तरोन्नति गर्दै कालोपत्रका लागि व्यास नगरपालिकाले बजेट विनियोजन गरेकाले निर्माण कार्य भइरहेको छ । मानुङकोटमा सार्वजनिक शौचालय र खानेपानीको सुविधा पुर्‍याउन नगरपालिकाले प्राथमिकता दिँदै आएको छ ।