२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘धार्मिक पर्यटन प्रवर्द्धनका निम्ति शिव परिपथ अपरिहार्य’ : प्रेमबहादुर आले

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवर्द्धन गर्नका लागि शिव परिपथको विकास हुनु अपरिहार्य भएको बताएका छन् ।

भारत स्वतन्त्र भएको ७५औँ वर्षका अवसरमा यहाँ स्थित भारतीय राजदूतावासले आयोजना गरेको छ दिने पशुपतिनाथ–काशी विश्वनाथ मोटरसाइकल र्‍यालीका सहभागीलाई नेपालको झन्डा हस्तान्तरण गर्दै उनले दुई देशबीचको धार्मिक पर्यटन प्रवर्द्धनका निम्ति शिव परिपथको विकास अत्यावश्यक भएकामा जोड दिएका हुन् ।

पशुपतिनाथ, काशी विश्वनाथ, बद्रीनाथ र केदारनाथलाई शिव परिपथको रूपमा विकास गर्नका साथै नेपाल तथा भारतका प्राचीन र मौलिक सभ्यताका धार्मिकस्थल प्रवर्द्धनमा मन्त्री आलेले जोड दिएका हुन् ।

समानतामा आधारित नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई समान धर्म, संस्कृति, परम्परा र रीतिरिवाजले अझ प्रगाढ तुल्याएको बताउँदै उनले हिन्दु धर्मावलम्बीका आस्थाका धरोहर शिवका चारधाम खुला सङ्ग्रहालय हुन् भने ।

नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारत र नेपालबीच निरन्तर सुमधुर सम्बन्धको प्रतीकका रूपमा काशी विश्वनाथ र पशुपतिनाथ रहेका र तिनले नै दुवै देशका जनतालाई प्रेम र सद्भावको सूत्रमा जोडेको बताए ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापा र पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश रावलले र्‍यालीका सहभागीको सुस्वास्थ्य एवं सुरक्षित यात्राका लागि शुभकामना व्यक्त गरे ।

पचास वटा मोटरसाइकलको उक्त र्‍याली यही कात्तिक ३० गते काशी अर्थात् वाराणसी पुग्नेछ ।