२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पश्चिम म्याग्दीको पाखोबारीमा अलैँची खेती विस्तार

अ+ अ-

गलेश्वर । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाको अर्मनका किसानले पाखोबारी तथा खाली जमीनमा धमाधम अलैंची खेती विस्तार गर्न थालेका छन् ।

थोरै लगानी र कम मिहिनेतमा राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान दुई वर्षदेखि अलैँची खेतीतर्फ आकर्षित भएका हुन् । यसअघि अर्मन र बरङ्जाका केही किसानले न्यून मात्रामा अलैँची खेती गर्दै आएका थिए । दुई वर्षसम्म परीक्षणको रूपमा गरिएको अलैँची खेती सफल भएपछि किसान त्यसतर्फ आकर्षित भएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले जानकारी दिए ।

‘पहाडी क्षेत्र भएकाले अलैँचीको उत्पादन राम्रो हुन्छ की हुँदैन भन्ने थियो, तर किसानलाई यस विषयमा धेरै ज्ञान रहेछ’, उनले भने, ‘अर्मनमा मात्रै अहिले १७ कृषकले करिब ८० हजार अलैँचीका बिरुवा लगाएका छन् ।’ केही किसानले मकै र कोदोको ठाउँमा अलैँचीका बिरुवा रोपेका छन् । अर्मनमा दुई वर्षमा १५ हेक्टर क्षेत्रफलमा अलैँची खेतीको विस्तार भएको मङ्गला गाउँपालिकाको कृषि शाखाले जनाएको छ । जिल्लाका मङ्गला गाउँपालिकाका साथै कुइनेमङ्गले, घार, घतान, कुहुँ, तोरीपानी, अर्मन, देवीस्थान, ताकम, दरबाङ, कुहुलगायतका ठाउँमा पनि अलैँची खेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

अलैँचीका लागि हावापानी उपयुक्त रहेको प्राविधिकको भनाइ छ । समुद्री सतहबाट ७०० देखि दुई हजार २०० मिटरको उचाइमा वार्षिक एक हजार ५०० देखि पाँच हजार मिलिमिटर वर्षा हुने ठाउँमा अलैँचीको उत्पादन राम्रो हुने बताइएको छ । जिल्लामा साउने जातका अलैँचीका बिरुवा बढी वितरण गरिएका छन् । जिल्लाको माथिल्लो भागमा अलैँचीको राम्रो उत्पादन हुने कृषि प्राविधिकले बताएका छन् । यी क्षेत्रमा ताप्लेजुङ, इलाम र सङ्खुवासभाको जस्तै हावापानी पाइन्छ ।

अलैँचीका लागि खेतबारी मास्नु नपर्ने, भुइँ, डालेघाँसलगायतका बोटबिरुवालाई असर नगर्ने, सामान्य गोडमेल, मलखाद र रेखदेख गरेपुग्ने भएकाले यसप्रति किसानको आकर्षण बढ्दै गएको हो । एउटा बिरुवालाई रु १० पर्ने भए पनि किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिँदै आएको मङ्गला गाउँपालिकाले जनाएको छ । सदरमुकामसम्मको ढुवानी सरकार आफैँले बेहोर्ने गर्छ । उत्पादन भएमा बजारको कुनै समस्या नभएको प्राविधिकको बुझाइ छ ।

उनीहरुका अनुसार अलैँचीको बियाँबाट मसलायुक्त सुगन्धित औषधीय तेल निस्कन्छ । उक्त तेल मिठाई, केक आदी सुगन्धित बनाउन प्रयोग गर्नुका साथै विभिन्न किसिमका औषधि बनाउन सकिन्छ । अर्मनका किसानले गत वर्ष प्रतिकिलो रु दुई हजारदेखि दुई हजार २०० सम्ममा अलैँची बिक्री गरेका छन् । अलैँची बिक्री गरेर गाउँमा रु ४० लाख भित्रिएको स्थानीय किसानले जनाएका छन् ।