प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान


२४ कार्तिक २०७८, बुधबार


काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले आज (बुधबार) राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा शर्मालाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

नेपाली सेनाको नेतृत्व सम्हालेयता पहिलो विदेश भ्रमणमा गएका शर्माले भारतीय सेनाध्यक्षको सम्मान पाएका हुन् । सन् १९५० देखि नेपाल भारतबीच एकअर्काका सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने चलन रहेको छ ।

मंगलबार दिल्ली पुगेका शर्माले भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतका साथै भारतका केही राजनीतिज्ञसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

मंगलबार साँझ भने उनले भारतीय समकक्षी मनोज मुकुन्द नरवणेसँग भेटवार्ता गरेका थिए ।

भारतीय सेनाका स्थल सेनाध्यक्ष नरवणेलाई भने २१ कात्तिक २०७७ मा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस