पोल्यान्डले बेलारुससँगको सीमामा सुरक्षाकर्मी बढायो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पोल्यान्डले बेलारुससँगको सीमामा सुरक्षाकर्मी बढायो


२४ कार्तिक २०७८, बुधबार


वार्सा । आप्रवासन सङ्कटको बीचमा बेलारुससँगको सीमामा १२,००० सैनिक, ४,००० सीमा गार्ड र १,५०० प्रहरी अधिकारीहरू तैनाथ गरिएको पोल्यान्डले जनाएको छ ।

प्रतिआतङ्कवाद इकाइका २५० सदस्यहरू सहित सीमा सुरक्षाकर्मी खटाइएको गृह उपमन्त्री मासीज वासिकले मंगलबार जानकारी दिएका छन् ।

उपमन्त्री वासिकले टिभिपि प्रसारकको प्रसारणमा सीमामा १२,००० सैनिक, ४,००० सीमा गार्ड र १,५०० प्रहरी अधिकारीहरू २५० काउन्टर टेररर युनिटका कर्मचारीहरू सहित तैनाथ गरिएको र ती सबैले देशको सुरक्षामा ध्यान दिने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस