सरकारको काममा समन्वय समितिले हस्तक्षेप गर्दैन : रामचन्द्र पौडेल « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

सरकारको काममा समन्वय समितिले हस्तक्षेप गर्दैन : रामचन्द्र पौडेल


२३ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समन्वय समितिले सरकारको काममा कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने बताएका छन् । पौडेलले सरकार जनता र संसदप्रति उत्तरदायी निर्वाचित संस्था भएको उल्लेख गर्दै पाँच दलीय गठबन्धन समन्वय समितिले सरकारको कुनैपनि काममा हस्तक्षेप नगर्ने स्पष्ट पारेका हुन् ।

उनले वर्तमान राजनीतिक व्यवस्थालाई सुनिश्चित गर्न र लोकतन्त्रलाई सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउँदै यसैको समन्वय गर्नका लागि समिति बनाइएको बताए ।

सत्तारुढ पाँच दलले ११ सदस्यीय समन्वय समिति बनाएका छन् र आलोपालो नेतृत्व गर्ने सहमति अनुसार सुरुको दुई महिना पौडेल संयोजक तोकिएका छन् ।

वरिष्ठ नेता पौडेलले यस समन्वय समितिलाई कसैले राजनीतिक हतियारको रुपमा प्रयोग गर्नु नहुने बताए । समितिको काम व्यवस्थामाथि आइपर्ने समस्याहरूको बारेमा पाँच दलीय गठबन्धनलाई सजग राख्दै गठबन्धनलाई संगठित राख्नु र समझदारी कायम राख्नु रहेको उनले उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस