सर्वोच्चका चार न्यायाधीशले गरे बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सर्वोच्चका चार न्यायाधीशले गरे बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ


२२ कार्तिक २०७८, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतका चार न्यायाधीश बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गरेका छन्।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना, कुमार रेग्मी र कुमार चुडालले बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गरेका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा दिनुपर्ने माग गर्दै आएका न्यायाधीशहरूले तिहारअघि एक सातासम्म इजलासमा नबसेर छलफल गरेका थिए। तर तिहार बिदाको अघिल्लो दिन उनीहरूले बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गरेका थिए।

न्यायाधीशहरूबीच चोलेन्द्र शमसेर जबरा इजलासमा नबस्ने समझदारी भएको बताइएको थियो। तर राणाले आफ्ना लागि समेत सोमबार इजलास तोकेका थिए।

राणाले आफ्ना लागि इजलास तोकेपछि सर्वोच्चका वरिष्ठतम न्यायाधीशसहित अन्य न्यायाधीशहरू छलफलमा छन्। सोमबार ६ वटा इजलास गठन भएकोमा ३ वटा इजलासमा सुनुवाइ भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस