१३ दिनदेखि बेपत्ता फ्रान्सेली नागरिक खोज्न तालिम प्राप्त टोली परिचालन « प्रशासन
Logo १८ माघ २०७९, बुधबार
   

१३ दिनदेखि बेपत्ता फ्रान्सेली नागरिक खोज्न तालिम प्राप्त टोली परिचालन


२२ कार्तिक २०७८, सोमबार


सोलुखुम्बु । सगरमाथा क्षेत्रमा १३ दिनदेखि बेपत्ता फ्रान्सेली नागरिकको खोजीका लागि तालिम प्राप्त टोली खटिएको छ ।

कूल ६ हजार ७८३ मिटर उचाइमा पर्ने खाङतेगा हिमाल आरोहणका क्रममा बेपत्ता बनेका तीन जना फ्रान्सेली नागरिकको खोजीका लागि तालिम प्राप्त टोली खटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

उनका अनुसार तालिम प्राप्त १४ जना फ्रान्सेली नागरिकसहितको टोली आइतबार हेलिकोप्टरमार्फत खुम्बु आएको छ । सो टोलीले सोमबारदेखि काम सुरु गरेको प्रहरी निरीक्षक ढकालले जानकारी दिए। आइतबार मौसम प्रतिकूल बनेकाले खोजी कार्य सुरु हुन नसकेको उनको भनाइ छ ।

होलिडे हिमालय ट्रेक्स एन्ड एक्सपीडिसन प्रालिमार्फत तीन जना बेपत्तासहित आठ जना टोली माउन्ट खाङतेगा हिमाल आरोहणका लागि असोज १८ गते लुक्ला आएको थियो ।

तीमध्ये थोमस, गाब्रियल र लुइस नाम गरेका नागरिक बेपत्ता छन् । कोरोनाको जोखिम कम भएसँगै खुम्बु क्षेत्र भ्रमणमा आउने क्रम बढेको छ ।

सम्बन्धित समाचार : हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता

Tags :
प्रतिक्रिया दिनुहोस