अमेरिकाले २० महिनापछि हटायो प्रतिबन्ध :आज रातीदेखि खोप लगाएकालाई प्रवेश अनुमति दिइने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अमेरिकाले २० महिनापछि हटायो प्रतिबन्ध :आज रातीदेखि खोप लगाएकालाई प्रवेश अनुमति दिइने


२२ कार्तिक २०७८, सोमबार


काठमाडौँ। अमेरिकाले कोरोना महामारी फैलिएपछि बन्द गरेको प्रतिबन्ध हटाउँदै आज रातीदेखि डबल डोज खोप लगाएका विदेशी आगन्तुकका लागि प्रवेश अनुमति दिने भएको छ ।

अमेरिकाले २० महिनादेखि लगाएको प्रवेश प्रतिबन्धबाट बेलायतसहित युरोपेली युनियन सम्बद्ध ३० देशका नागरिक प्रभावित हुँदै आएका थिए । उनीहरुलाई अमेरिकामा रहेका परिवारका सदस्य भेट्न जाने अनुमति पनि दिइएको थिएन ।

अमेरिकी प्रतिबन्ध हट्ने खबरसँगै एअरलाइन्सहरुमा टिकट बुकिङको बाढी लाग्न थालेको ट्राभल एजेन्सीहरूले बताएका छन् ।

कोरोना भाइरस फैलिएपछि तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सुरुमा चीनबाट जाने आगन्तुकलाई प्रतिबन्ध गरेको थियो भने विस्तारै त्यसको दायरा बढाएर युरोपेली युनियन, बेलायत, भारत, दक्षिण अफ्रिका, इरान, ब्राजिललगायतका मुलुकसम्म पुर्‍याइएको थियो ।

नयाँ नियम अनुसार अब अमेरिका जान चाहनेहरुले डबल डोज खोप लगाएको प्रमाण, तीन दिन भित्रको कोरोना नेगेटिभ रिपोर्ट र अमेरिका पुगे पछिको सम्पर्क नम्बर उपलब्ध गराउनु पर्ने छ । तर पर्यटकहरुले अमेरिका पुगेर क्वारेन्टिनमा बस्नु पर्नेछैन ।

यसै गरी क्यानडा र मेक्सिकोसँगको सिमाना पनि खुला गरिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस