एमसीसी पारितका लागि चिठ्ठी नलेखिएको प्रचण्डको भनाई « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एमसीसी पारितका लागि चिठ्ठी नलेखिएको प्रचण्डको भनाई


१९ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) पारितका लागि चिठ्ठी नलेखेको बताएका छन् ।

ललितपुरको खुमलटारस्थित देउसी भैलो टोलीलाई सम्बोधन गर्दै शुक्रवार दाहालले यस्तो बताएका हुन् ।

‘राष्ट्रिय सहमति नबनाई एमसीसी पारित गर्न सकिँदैन । समय थप्नका लागि चिठ्ठी लेखिएको हो,’ दाहालले भने, ‘एमसीसी पारित गर्छौँ भनेर चिठ्ठी लेखेका होइनौँ । ‘सबै दलहरूसँग छलफल गरेर मात्र निर्णय गर्न सकिन्छ ।’ 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार प्रचण्ड र आफूले एमसीसी पास गराउँछौँ भनेर अमेरिकालाई पत्र पठाइसकेको बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस