सप्तरीमा धानखेतमा फालिएको नवजात शिशुको उद्धार « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सप्तरीमा धानखेतमा फालिएको नवजात शिशुको उद्धार


१८ कार्तिक २०७८, बिहिबार


राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ नहर चोकस्थित धान खेतमा फालिएको एक नवजात शिशुको आज उद्धार गरिएको छ ।

धान खेतमा अलपत्र परेका शिशु रोइकराइरहेको अवस्थामा देखिएपछि स्थानीय युवाको सक्रियतामा प्रहरीले उद्धार गरिएको राजविराजका युवा मोहम्द मुस्तकिमले जानकारी दिए ।

उद्धार गरिएका शिशुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको छ ।

शिशु कसको हो भने खुल्न नसकेको बताइएको छ । नवजात शिशु फाल्नेको खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका मुद्दा फाँटका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस