अमेरिकी निजी रोजगारदाताद्वारा अक्टोबरमा पाँच लाख ७१ हजार नयाँ अवसर प्रदान « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अमेरिकी निजी रोजगारदाताद्वारा अक्टोबरमा पाँच लाख ७१ हजार नयाँ अवसर प्रदान


१८ कार्तिक २०७८, बिहिबार


वासिङ्टन । निजी व्यवसायीहरूले गत महिना पाँच लाख ७१ हजार मानिसहरूलाई रोजगारीका लागि प्रतिबद्धता जनाएका पेरोल सेवा फर्म (एडीपी)ले हिजो (बुधबार) जानकारी गराएको छ ।

यो कोभिड–१९ को डेल्टा लहरबाट प्रभावित बनिरहेका समय अमेरिकी अर्थव्यवस्थामा राहतको एक नवीनतम सङ्केत हो ।

निजी क्षेत्रको यो प्रयास रोजगार वृद्धिसम्बन्धी विश्लेषकहरूले पूर्वानुमान गरेभन्दा राम्रो भएको बताइएको छ ।

ठुला मझौला तथा साना सबै आकारका फर्महरूले नयाँ पद थपेका कारण निजी क्षेत्रमा नयाँ रोजगारीका अवसरमा वृद्धि देखिएको छ ।

सेवा क्षेत्रमा भएको अधिकांश वृद्धिमा महामारी प्रतिबन्धको कारण नराम्ररी प्रभावित भएका मनोरञ्जन र आतिथ्य प्रदायक व्यवसायहरू पनि समावेश रहेका बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस