कस्मेटिक पसलका सञ्चालक पटाकासहित पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कस्मेटिक पसलका सञ्चालक पटाकासहित पक्राउ


१८ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित शनी कस्मेटिक पसलका सञ्चालक भारत मोतिहारीका ४८ वर्षीय जागाप्रसाद जैसवाललाई पटाकासहित हिजो (बुधबार) प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार उनको पसलबाट करिब २३ किलो कोब्रा पटाकासमेत बरामद गरिएको छ । हाल उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नगरकोटी मृत भेटिए

यता काठमाडौँ तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा नाखनटोलका ४९ वर्षीय लक्ष्मण नगरकोटी आज मृतावस्थामा फेला परेका छन् । सोही ठाउँस्थित धान उठाउन गएकोमा राति घर नआएपछि खोजी गर्ने क्रममा नजिकै शव फेला परेको हो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस