ड्युटी सकेर घर फर्किँदै गरेका सशस्त्रका हवल्दारको मोटरसाइकल दुर्घटनामा मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ड्युटी सकेर घर फर्किँदै गरेका सशस्त्रका हवल्दारको मोटरसाइकल दुर्घटनामा मृत्यु


१८ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । ड्युटी सकेर घर फर्किँदै गरेका सशस्त्र प्रहरीका एक जना हवल्दारको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० बन्गैका ३५ वर्षीय कैलास भण्डारीको दुर्घटनामा परेर गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

भण्डारी सशस्त्र प्रहरी वेश तुलसीपुरमा कार्यरत थिए। दुर्घटनामा परेपछि उनलाई उपचार गर्न अस्पताल लगिएकोमा त्यही उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर १० चैलाहीका ३६ वर्षीय लीलाधर खड्का भने घाइते छन् । उनलाई थप उपचार गर्न नेपालगन्ज मेडिकल कलेज लगिएको छ ।

उनको अवस्था सामान्य छ। मोटरसाइकलमा सवार अर्का एक जना भने उपचारपछि घर फर्किसकेका छन् ।

तुलसीपुर बजारबाट बन्गैस्थित गाउँ जाँदै गरेको रा ४ प ६०५८ नम्बरको मोटरसाइकलमा तीन जना सवार थिए ।

मोटरसाइकल भण्डारीले चलाएका थिए। भण्डारीको शव पोस्टमार्टमका लागि राप्ति प्रादेशिक अस्पतालमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस