प्रेसलाई नियमन गर्ने हो, निरुत्साहित होइन : मन्त्री पौडेल « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रेसलाई नियमन गर्ने हो, निरुत्साहित होइन : मन्त्री पौडेल


१७ कार्तिक २०७८, बुधबार


कास्की । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले सञ्चार क्षेत्रका विद्यमान समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल कास्कीको पाँचौँ जिल्ला अधिवेशनको आज पोखरामा उद्घाटन कार्यक्रममा उनले प्रेसलाई नियमन आवश्यक रहे पनि अङ्कुश लगाउन नहुने बताए । प्रेसका समस्या हल गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले भने, ‘अहिले प्रेसका सम्बन्धमा ऐन, कानून र नियमनका कुरा उठेका छन् । कानूनभित्र रहने कुरालाई सबैले मान्नुपर्दछ । प्रेसलाई नियमन गर्नुपर्दछ तर अङ्कुश लगाउनुहुँदैन । यसको भूमिकालाई खुम्च्याउने, अपमानित गर्ने र निरुत्साहित गर्ने प्रवित्तिलाई रोक्नु आवश्यक छ ।’

मन्त्री पौडेलले बलिदानी पूर्ण सङ्घर्षबाट स्थापित प्रेस सेन्टर नेपालले जनपक्षीय पत्रकारिता र अग्रगमनको अगुवाइ गर्न सक्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री मधुमाया अधिकारीले प्रदेश सरकारले सञ्चार क्षेत्रलाई प्राथमिकतामा राखेर खोप, पूर्वाधार र तालिमलगायतका सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा प्रेस सेन्टरका अग्रज कोमलनाथ बराल, गण्डकी प्रदेशका इञ्चार्ज त्रिभुवन पौडेल, प्रदेश संयोजक अर्जुन काफ्ले पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलगायतले प्रेस स्वतन्त्रताका लागि सरकारले भूमिका खेल्नुपर्ने र प्रेसमैत्री कानून निर्माण गर्नुपर्ने बताए ।

कास्की अध्यक्षमा दवाडी

प्रेस सेन्टरको आज सम्पन्न पाँचौँ अधिवेशनले कृष्ण दवाडीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा दीनानाथ बराल र महिला उपाध्यक्ष शोभा बराल, सचिव पुष्पराज दाहाल, सहसचिवमा सुरेशराज अधिकारी, सहसचिव (समावेशी) सविना राना थापामगर र कोषाध्यक्षमा सुशीला क्षेत्री चयन भएका छन् ।

यसैगरी सदस्यमा श्रीभद्र पौडेल, बलराम तिमिल्सिना, रविनाथ दाहाल, शेरबहादुर खत्री, विवेक भण्डारी, लीलाचन्द्र अधिकारी सरोज, प्रकाशचन्द्र गिरी, खगेन्द्र अर्याल, प्रकाश अधिकारी र बाबुराम सुवेदी रहेका छन् ।

यसैगरी पोखरा महानगर संयोजकमा शिवराज बस्ताकोटी ‘शिवु दाइ’, अन्नपूर्ण गाउँपालिका संयोजकमा श्रीभद्र पौडेल र रुपा गाउँपालिका संयोजकमा सुरेशराज अधिकारी रहेका छन्। अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा कोमलनाथ बराल, कुसुमकेशव पराजुली, नारायण भट्टराई, पदम रेग्मी, विश्वप्रकाश लामिछाने, विश्व सुवेदी, सन्देश श्रेष्ठ, निर्मला न्यौपाने, कृष्णमाया पोखरेल, रोशनी गुरुङ र दीपक परियार चयन भए ।

यसैगरी प्रदेश प्रतिनिधिमा घनश्याम पाण्डे, विमल आचार्य, सविन जिसी, सुनिल पाण्डे, कमल गौली, कुमारी बुढा, राजेन्द्र खत्री, सन्तोष परियार, विनु थापामगर, लक्ष्मण भण्डारी, सपना विक र लक्ष्मी सुनार चयन भएको निर्वाचन समितिका सदस्य शिव सुनारले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस