२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विधिको शासनमा विश्वास गर्नुपर्छ’

अ+ अ-

विराटनगर । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनका बारेमा आफ्नो गहिरो विश्वास रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित शुभकामना कार्यक्रममा उनले ‘वर्तमान संविधान सबै राजनीतिक शक्तिको सहमतिको दस्तावेज हो’ भने । उनले सबै नेपालीलाई आफ्ना असन्तुष्टि, टीकाटिप्पणी र आलोचना गर्ने अधिकार यही संविधानबाट प्राप्त भएको प्रसङ्ग उल्लेख गर्दै प्रमुख दलका नेताले निर्वाचनको अवसरमा जनताका घरआँगनमा पुग्दा सबै समस्या समाधान गर्ने भनेर आश्वासन दिए पनि त्यसो नभएको चिन्ता व्यक्त गरे ।

उपसभापति गच्छदारले २०७२ साल २५ गते चार दलका नेताबीच १६ बुँदे सहमतिलाई आत्मसात् गर्न कसैले पनि हिच्किचाउन नहुने भन्दै थारु, आदिवासी, जनजाति, दलित, मधेशी, महिला र मुस्लिमलगायत हिमाल, पहाड, तराई मधेशमा बसोबास गर्ने सबैलाई विश्वास गर्नुपर्ने बताए ।

उनले लामो राजनीतिक यात्रामा जहिले पनि देश, जनता र लोकतन्त्रको लागि लडेको चर्चा गर्दै स्वतन्त्रता प्राप्तिका लागि रगत पसिना बगाएका त्याग र बलिदान गर्ने साथी उपेक्षित भएको भन्दै दुःख व्यक्त गरे ।

उनले आफूले रगत र पसिना बगाएर हुर्काएको पार्टी नेपाली कांग्रेसमै सङ्गठित भएर लोकतन्त्रको संस्थागत विकास गर्ने अभियानमा फेरि पनि सक्रिय भएर लाग्न सबैलाई आग्रह गरे । उनले आगामी महाधिवेशनले पार्टीमा देखिने गुटउपगुटलाई समाप्त पार्न विधानमा संशोधन हुनुपर्ने जिकिर गर्दै नेपाली कांग्रेसलाई बलियो बनाउन भनेर नै आफ्ना तत्कालीन पार्टीका सबै साथी एवं कार्यकतालाई लिएर विधिवत् रुपमा नेपाली कांग्रेससँग एकीकरण गरेको स्पष्ट पारे ।