राखेपको सदस्य सचिवमा विष्णु कुमार ढकाल नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राखेपको सदस्य सचिवमा विष्णु कुमार ढकाल नियुक्त


१६ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको जिम्मेवारी विष्णु कुमार ढकाललाई दिइएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमित्त सचिव डा. कमल प्रसाद पोखरेलले जानकारी दिए ।

युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजको अध्यक्षतामा आज (मंगलबार) बसेको मन्त्री स्तरीय बैठकले खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई राखेको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको पोखरेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस