भक्तपुरबाट जुवातास खेल्ने र खेलाउने चार जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भक्तपुरबाट जुवातास खेल्ने र खेलाउने चार जना पक्राउ


१६ कार्तिक २०७८, मंगलबार


भक्तपुर । मध्यरातमा जुवा तास खेलिरहेका चार जनालाई भक्तपुर महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

भक्तपुर नगरपालिका–७ गोल्मढी बस्ने ३८ वर्षीय राजेश खायमलीको जस्ताको टहरामा सञ्चालित किराना पसलमा जुवातास खेलाइरहेको अवस्थामा प्रहरीले गए राती उनीहरूलाई पक्राउ गर्नाका साथै रु ६९ हजार ७५० बरामद गरेको हो ।

पक्राउ पर्नेमा जुवा तास खेलाउने खायमलीसहित सोही ठाउँका ४५ वर्षीय बलराम ग्वाछा, ३६ वर्षीय प्रवीन ग्वाछा र ४९ वर्षीय रविन श्रेष्ठ रहेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

पक्राउ परेका सबैलाई जगातीस्थित महानगरीय प्रहरी वृत्त राखेर कारबाही अघि बढाइएको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस